विप्लव समूहका मकवानपुर इञ्चार्जसहित २ जना पक्राउ
नारीकोसिस डटकम/चैत २९, हेटौंडा । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राती उनीहरुलाई पक्रेको हो ।
सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया