मोटरसाइकललाई ठक्कर दिने टिपरमाथी स्थानीयद्धारा आगजानी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मोटरसाइकललाई ठक्कर दिने टिपरमाथी स्थानीयद्धारा आगजानी

Share

नारीकोसिस/डटकम चैत २९, नुवाकोट । नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे ना ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनाल रहेका छन् भने २४ वर्षीय मुन्ना गुप्ता घाइते रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनीसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया