निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

नारीकोसिस डटकम/वैशाख ४, भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया