धादिङमा सिलिन्डर लिक भएर आगलागी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धादिङमा सिलिन्डर लिक भएर आगलागी

Share

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा सिलिन्डर लिक भएर मंगलबार दिउँसो आगलागी भएको छ ।

थाक्रे गाउँपालिका–५, दामेचौरका स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो । आगलागीमा करिब साढे ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।

आगलागी हुँदा तामाङको घरमा रहेको खाद्य स्टोर र कस्मेटिक पसलका सामान जलेका छन् ।

आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया