तीन दिन मौसम खराब हुने

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ ।
इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्का वर्षा र असिना पर्नेछ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, बिहिबार देशैभरी आंशिकदेखि सामान्य बदली भई पश्चिमी क्षेत्रका केही स्थानमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया