बालुवाटारमा ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु गिरफ्तार

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ ।
विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ।
पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया