बौद्ध स्तुप परिक्रमा गर्ने दोस्रो स्टेप चिरैचिरा

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिक्रमा गर्ने दोस्रो स्टेप चिरैचिरा परेको छ ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएपछि उक्त स्टेप चर्किएको थियो। चर्किएको भागमा हालिएको सुर्की उप्किएपछि यस्तो अवस्था आएको हो ।
बौद्ध स्तुपको उक्त स्टेपको चारैतिर ६० भन्दा बढी ठाउँमा हालिएको सुर्की उप्किएको छ । केही महिनाअघि स्तुपमा हालिएको चुनासमेत उप्किएको छ । बौद्ध स्तुपका एक सुरक्षा गार्डका अनुसार चिरा परेको स्थानमा हालिएको सुर्की उप्किएपछि फेरि चिरा देखापरेको छ ।
भूकम्पभन्दा अगाडि थौरै ठाउँमा चिरा भए पनि भूकम्पपछि स्तुपको दोस्रो स्टेप चिराचिरा परेको हो। तर, मर्मत हुन सकेको छैन ।
बौद्ध स्तुप सरोकारवाला निकायले तत्काल मर्मत गर्नुपर्ने स्थानीययको माग छ। तथ्यांकअनुसार दैनिक सात सयदेखि एक हजार विदेशी पर्यटक बौद्ध स्तुप घुम्न आउँछन्।
तपाईको प्रतिक्रिया