पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामा धर्ना

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामा धर्ना

Share

नारीकोसिस डटकम/वैशाख ४, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की अघि बुधबार दिउँसो पोखराका सम्पूर्ण क्रियाशील पत्रकार भेला भएर चुपचाप धर्ना बसे ।

उनीहरुको अगाडि लामो कालो ब्यानरमा लेखिएको थियो, ‘पत्रकारिता साइबर क्राइम होइन । विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा नम्बर ४७ र ४८ खारेज गर करिब ३० मिनेट कोही बोलेनन्, चुपचाप बसे ।

पत्रकार अर्जुन गिरीले ठगीबारे समाचार लेखेकै आधारमा सोमबार साइबर क्राइम अन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग सीईबीले पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

धर्नापछि भएको कोण सभामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकार अर्जुन गिरीको समाचारबारे केन्द्रीय अनुसन्धान विभाग सीआईबीलाई प्रेस काउन्सिलको क्षेत्रकाधिकारभित्र पर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पक्राउ गरी म्याद थप गरिनु न्यायोचित नभएको बताए ।

पत्रकार गिरीको पक्राउ विरोधमा बुधबारदेखि उनी रिहाइ नहुञ्जेलसम्मका लागि पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया