उठ नारी अब

उठ नारी अब
भैईसक्यो बेला
समाजलाई पार्नु पर्छ
परिवर्तनको फेला,
उन्नतिका पाइलाहरु
तिमिले चाल्नु पर्छ
चुनौतीलाई उखालेर
पर फाल्नु पर्छ,
चुलो चौको मात्र हैन
तिमिले बस्ने ठाँउ
लक्ष्य बोकि अघि बड
तिमम्रो आउछ नाँउ
दयामाया करुणको खानी
तिमी भित्र
दुख सुख सँग लडने राम्रो
बानि तिमी भित्र
तपाईको प्रतिक्रिया