धुर्मुस सुन्तली फाउण्डेशनद्धारा आँधी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री बितरण

नारीकोसिस डटकम/वैशाख ५, सिमरा । बारा र पर्सामा आएको आँधीबाट प्रभावित बालबालीकालाई धुर्मुस सुन्तली फाउण्डेशनले शैक्षिक सामग्री बितरण गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले नयाँ भर्ना सुरु भएकाले आँधी प्रभावित बालबालिकाहरुलाई फेरी विद्यालय पठाउने उदेश्यले भन्दै अतिप्रभावित फेटा गाउँपालिकाको पुरैनियाँका करिब २०० बालबालिकालाई शैक्षिक सामग्रीसहितको झोला बितरण गरेको हो ।
फेटाका बिभिन्न स्थानका करिब ४ सय बालबालिका र पर्साका प्रभावित ४ सय बालबालिकालाई करिब ९ लाख बराबरको स्टेशनरीसहितको झोला बितरण गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुसले बालबालिकाहरु विद्यालय जाने बातावरण बन्नु पर्ने धारणा व्यक्त गरे ।
तपाईको प्रतिक्रिया