भक्तपुरमा बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भक्तपुरमा बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान

Share

नारीकोसिस डटकम/वैशाख ६, भक्तपुर । भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।

गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् ।

त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् भने केही रथको डोरी तान्ने क्रममा घाइते भएका छन् ।

केहीबेर तनाव भएपनि स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।

घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।

तपाईको प्रतिक्रिया