टिपर दुर्घटनामा एक जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
टिपर दुर्घटनामा एक जनाको मृत्यु

Share

नारीकोसिस डटकम/बैशाख ७, काभ्रे । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा शनिवार बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको टिपर सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले वताए ।

तपाईको प्रतिक्रिया