धनुषा जिल्लाको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा एक नर्सको शव फेला

नारीकोसिस डटकम/वैशाख ८, जनकपुर । धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ । डीएसपी प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।
उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।
तपाईको प्रतिक्रिया