श्रृंखलावद्ध विष्फोटमा कम्तीमा २० को मृत्यु, २०० घाइते

नारीकोसिस डटकम/वैशाख ८, काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २०० जना भन्दा बढी घाइते भएका छन् ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो । कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।
कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया