मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा मृत्युको संख्या २ पुग्यो र १० घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा मृत्युको संख्या २ पुग्यो र १० घाइते

Share

नारीकोसिस डटकम/वैशाख ८, धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा दोलखाका हरिवंश केशीको घटनास्थलमा र कालिन्चोक गाउँपालिका वडा नं ७ दोलखाकी पार्वती बुढाथोकी रहेको उपचारका क्रममा मलेखु सामुदायिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिए ।

काठमाडौँबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ४ ख १४१५ नम्वरको बस ओभरटेक गर्ने क्रममा आइतबार बिहान सडकबाट त्रिशुली नदीपटि खस्न पुगेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई गजुरी र मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया