मिस नर्स छैठौ संस्करणको उपाधि: रेश्मा प्रसाई

नारीकोसिस डटकम/वैशाख ८, काठमाडौंं । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया रेश्मा प्रसाईंले छैठौ संस्करणको स्काइफल ‘मिस नेपाल पिस २०१९ मिस नर्सको उपाधि विजेता बनेकी छन् ।
प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएस्सी नसिङको पास आउट बिद्यर्थी प्रसाई ब्युटी विथ ब्रेनको उपाधि सहित शीर्ष बिजेता चुनिएकी हुन् । २४ प्रतिस्पर्धीपछि पार्दै उपाधि चुमेकी प्रसाईले नगद रु ५० हजारसहित विभिन्न उपहारसमेत हात पारिन् ।
शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेन हलको भव्य स्टेज सेटअपमा आयोजित प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेन्ड रनर अप चुनिए । दुबैले क्रमसः नगद ३० हजार र २० हजारसहित विभिन्न गिफ्ट समेत हात पारेका छन् ।
नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुति मार्फत् व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना हँुदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डि.सी.बेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लीन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए ।
कार्यक्रमको प्रस्तुतिलाई अझ बढी स्वास्थ्य सचेतनामा केन्द्रित बनाउने हेतुले प्रश्न उत्तर चरणमा सोधिएका प्रश्नहरु पनि सोही विषयवस्तु सम्बन्धित थिए ।
कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ । कार्यक्रमले नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरुको आत्मसम्मान बढाएर उनीहरुलाई पेसा प्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने बिश्वास आयोजकको रहेको छ ।
तपाईको प्रतिक्रिया