तारा एयरको विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटना: सबै सकुशल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तारा एयरको विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटना: सबै सकुशल

Share

नारीकोसिस डटकम/वैशाख ९, रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया