कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा औषधि अभाव

नारीकोसिस डटकम/वैशाख ९, भीमदत्तनगर । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।
औषधि अभाव हुँदा दैनिक जसो बिरामी रितोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।
अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतका विरामीले निःशुल्क औषधि पाउँदै आएका थिए। चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन बन्द गरिएको जनाएको छ।
तपाईको प्रतिक्रिया