खोटाङमा निमोनियाका कारण वडाध्यक्षको निधन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खोटाङमा निमोनियाका कारण वडाध्यक्षको निधन

Share

नारीकोसिस डटकम/वैशाख १०, खोटाङ । निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ ।

ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो।

स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चाम्लिङले बताए ।

तपाईको प्रतिक्रिया