रामेछापमा बाढीले बगाएर एक बालकको मृत्यु

नारीकोसिस डटकम/वैशाख ११, रामेछाप । दोरम्बा गाउँपालिका ३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा अचानक भीमसेन खोलामा आएको बाढीले मंगलबार स्थानीय ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको थियो ।
हजुरबुबालाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।
अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।
यसवर्ष रामेछापमा वैशाख महिना लागेसँगै मुसलधारे खण्डवृष्टि भइरहेको छ ।
तपाईको प्रतिक्रिया