ताम्राकारको निधनले कांग्रेसको जनजागरण अभियान दुई साता पछि सर्यो

नारीकोसिस डटकम/वैशाख ११, काठमाडौं । कांग्रेसले आज बुधबारबाट सुरु गर्ने भनेको जनजागरण अभियान’ नेता रामकृष्ण ताम्राकारको निधनका कारण पछि सारेको छ ।
मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकमार्फत देशभर एकसाथ सुरु गर्ने भनेको जागरण अभियान कार्यक्रम मिति परिवर्तन गरेको हो ।
कांग्रेसले जागरण कार्यक्रम आगामी २५ वैशाखबाट प्रारम्भ भई २५ जेठसम्म देशभरका सबै जिल्लामा पूर्ववत् रूपमा सञ्चालन हुने जनाएको छ ।
निमोनियासमेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुर एकान्तकुनास्थित अल्का अस्पतालमा उपचारक्रममा उनको निधन भएको हो । ताम्राकार दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।
उनी २०४८ र २०५६ मा रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए ।
तपाईको प्रतिक्रिया