वीरगन्जमा एक २० वर्षीया महिलाले एकै पटकमा चार सन्तान जन्माइन्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
वीरगन्जमा एक २० वर्षीया महिलाले एकै पटकमा चार सन्तान जन्माइन्

Share

नारीकोसिस डटकम/वैशाख १२, वीरगन्ज । वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकैपटकमा चार शिशु जन्माएकी छन् ।

पर्साको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले तीन छोरी र एक छोरा गरी चारजना शिशुलाई एकसाथ जन्म दिएकी हुन् ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

चिकित्सकका अनुसार ९ महिनामा जन्मिनुपर्नेमा खातुनले सात महिनाभित्रै शिशु जन्माएकी छन्। उनीहरूको पूरा विकास हुन नसकेको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। चारैजना शिशुलाई (एनआइसियू) शिशुहरूको सघन उपचार कक्षमा विशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ। खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया