चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनामा ४१ गैंडा मरे

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनामा ४१ गैंडा मरे

Share

नारीकोसिस डटकम/वैशाख १२, चितवन । राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् ।

चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचान समेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।

घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरुमा मरेका गैँडा हुन । उनले भने, ‘एक वर्षमा २२–२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ । यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढि भएको उनले बताए ।

घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटक – पटक पूरै निकुञ्जको खानतलासी स्विप अपरेसन गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन् । विगतका वर्षहरुमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया