राष्ट्रपति भण्डारीबाट बिहीबार ता सियान बौद्ध’ मन्दिरको अवलोकन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
राष्ट्रपति भण्डारीबाट बिहीबार ता सियान बौद्ध’ मन्दिरको अवलोकन

Share

नारीकोसिस डटकम/वैशाख १२, सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरे ।

मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक विहार हो । यो शहरबाट करिब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विहारको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । विहार अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया