पुदिना खानुको फाइदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पुदिना खानुको फाइदा

Share

एजेन्सी । पुदिनाको अचार कसैलाई औधी मनपर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको वनस्पति हो । अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाहा भएको छ । यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ ।

१.पाचन प्रक्रिया:
पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

२.मुख गन्हाउने समस्याबाट मुक्ति:
मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई  पनि यो विधिले बलियो पार्दछ ।

३.बान्ता र टाउको दुखाई समस्याको समाधान:
पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी हुदाँ पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ ।

४.रुघा ज्वरो र खोकीबाट छुटकारा पाउँछ:
जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानीमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।

५.स्मरणशक्ति बढाउँछ:
एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

६.मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः

पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नुपर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।

७.रुघा लम्बिएमाः
रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।

८.दादबाट छुटकाराः
शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

९.बिष मार्नः
बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउँछ ।

पुदिनाको अचार प्रय: सबैलाई मनपर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ ।

तपाईको प्रतिक्रिया