यी खानेकुराले निर्खाछ अनुहारको सुन्दरता

सुन्दर अनुहारको चाहाना जो कसैलाई हुन्छतर, त्यसका लागि केबल वजारका कृतिम क्रिम र पाउडर प्रयोग गरेर मात्र पुग्दैन।दैनिक जीवनमा पाइने चिजविज बाट पनि त्यसलाई निखार्न सकिन्छ ।
सौन्दर्य सामाग्रीलेले मानिसलाई क्षणिकरुपमा मात्र सुन्दर बनाउँछ, जुन दिगो हुँदैन । दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ । विशेषतः खानपानमा । यहाँ हामीले यी खानेकुराहरु उल्लेख गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ छाला पाउन सक्नुहुन्छ ।
पुदिना
–पुदिनालाई विहान खाली पेटमा पानीमा उमालेर खादा पेटलाई फाइदा गर्दछ ।
–यसलाई पिसेर अचारको रुयमा प्रयोग गर्दा पनि निकै धरै फाइदा गर्दछ ।
– यसलाई पिसेर अनुहारमा दल्नाले अनुहारको दाग धब्बा हटाउदछ ।
करेला
–करेलाले रगतलाई सुद्ध गर्छ, त्यसैल यसको सेवनले डण्डीफोर आउँदैन ।
–भिटामिन ए बाट भरपुर करेला एउटा राम्रो एन्टिअक्सिेडेन्ट हो, जसले छालालाई स्वास्थ बनाइराख्छ ।
–करेलाले एन्टी एजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान देखिन्छ ।
–अनुहारमा डण्डीफोरका गाढा दाग छन् भने करेलाको पत्ता पिसेर लगाउँदा फाइदा मिल्छ ।
मेथी
–मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र कान्तियुक्त देखिन्छ ।
–मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।
–मेथीको पत्ताको रस वा मेथी पिसेर कपाल धुनाले काल चमकदार र मजबूत हुन्छ ।
मुला
–मुलाको तरकारी खाने वा मुलाको रस पिउने गर्दा रगत शुद्ध हुन्छ र डण्डीफोर आउँदैन ।
–एक महीनासम्म लगातार मुला खानाले डण्डीफोरका दाग(धब्बाहरु कम हुन्छन् ।
–मुला काटेर डण्डीफोरमा रगड्दा डण्डीफोर गायब हुन्छ ।
–मुलाको रसमा तिलको तेल मिलाएर कपालको मसजा गर्दा कपाल र्झन कम हुन्छ ।
लसुन
–एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खानाले छाला शुन्दर देखिन्छ ।
–नियमि लसुनको सेवनले तपाईंको र तपाईंको छालाको आयू लामो हुन्छ र छाला जवान देखिन्छ ।
–डण्डीफोरमा लसुनको कल्ली पिसेर दल्दा फाइदा हुन्छ ।
टमाटर
–भिटामिन ए र सीबाट भरपूर टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ ।
–टमाटरको नियमित सेवनले छालामा चमक आउँछ ।
–अनुहारमा टमाटर लगाउँदा रौंका छिद्रहरु बन्द हुन्छन् ।
अंगुर
–नेचुरल स्किन गार्ड अंगुरको सेवनले घामको प्रभावबाट छालालाई जोगाउँछ ।
–अंगुरको सेवनले छालाको चाउरीपन कम हुन्छ । यसबा लामो समयसम्म छाला जवान देखिन्छ ।
–भिटामिन सीबाट भरपूर अंगुर खानाले केवल छालाको मात्र नभएर कपाल र आँखाको पनि सुन्दरता बढ्छ ।
कागति
– कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ ।
–अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु लोप हुन्छन् ।
–कागतिको रस लगाउनाले छाला र कपाल दुवैमा चमक आउँछ ।
–कपालमा कागतिको रस लगाउनाले कपाल चायामुक्त हुन्छ ।
अमला
–अमला छालाका लागि मात्र नभएर कपालका लागि समेत फाइदाजनक छ । अमलाको सेवनले छालामा चमक आउनुका साथै कपाल लामो, बाक्लो र मजबुत हुन्छ ।
–अमलाको नियमित सेवनले चाउरीपनाको समस्या पनि कम हुन्छ ।
–अनुहारमा अमला पाउडर लगाउँदा छालामा निखार आउँछ ।
अदुवा
–एन्टि एजिङ गुण भएको अदुवाको सेवनले छाला लामो समयसम्म जवान रहन्छ ।
–दैनिक बिहान खाली पेटमा अदूवा चपाउँदा छाला आकर्षक र सुन्दर देखिन्छ ।
–अदुवाको रस निकै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउँदा छला चम्किलो हुन्छ ।
तपाईको प्रतिक्रिया