कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

Share

नारीकोसिस डटकम/वैशाख १६, काठमाडौं । उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।

काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी, र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उक्त व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाम कम हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने बताए । जाम हटेसँगै एउटै सवारी साधन धेरैपटक ओहोरदोहोर गर्दा धेरै आम्दानीसमेत हुने उनको भनाइ छ ।

यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनएसी, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेको थियो ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न स्थानमा उक्त व्यवस्था लागू गर्ने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया