ललितपुरको तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ललितपुरको तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख १७, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा गएराति भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको प्रहरीले जनाएको छ ।

तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप सोमबार राती दुर्घटना भएको थियो। दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको ललितपुरको आनन्द वन अस्पतालमा उपचार भइरहेको छ ।

स्टेरिङ्ग फेल भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया