१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख १७, कञ्चनपुर । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

किशोरी आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेलामा साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया