काँडाघारी सडक खण्डः कालोपत्रे कार्य सम्पन्न

नारीकोसिस डटकम/बैशाख १७, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित काँडाघारीचोक देखि प्रहरी चौकी सम्मको सडक खण्ड कालापत्रे कार्य सम्पन्न भएको छ ।
नगर स्तरीय सडक कालोपत्रे गर्ने कार्य सोमवारबाट औपचारिक रुपमा सम्पन्न भएको सोही वडाका वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिए । साथै उनले उक्त कार्यमा सहयोग पुर्याउने सम्पुर्ण जनप्रतिनिधि, प्राविधिक , उपभोक्ता र निर्माण व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
उक्त सडक कालोपत्रेकार्य अवधिमा केही असजता भएता पनि कालोपत्रे भएपश्चात स्थानीय जनता, स्थानीय व्यवसायी लगायत यातायात व्यवसाय सहित पैदलयात्रुहरुलाई सहज बनेको छ ।
उक्त सडक खण्ड मिति २०७५ साल पुसबाट कालोपत्रे कार्य सुचारु भएको थियो ।
तपाईको प्रतिक्रिया