ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि लम्की बजार तनावग्रस्त

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि लम्की बजार तनावग्रस्त

Share

नारीकोसिस डटकम/वैशाख १७, कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएकोे छ ।

ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत सुनिता रावलको ज्यान गएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

मंगलबार बिहान क्याम्पसबाट फर्किने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो। रावलको ज्यान गएपछि आक्रोसित स्थानीयले प्रदर्शन गरेका छन् । दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर तोडफोडसमेत गरेका छन्। प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको छ ।

तपाईको प्रतिक्रिया