वेपत्ता भएको शिक्षकको पाँच दिनपछि शव फेला

नारीकोसिस डटकम/वैशाख १७, रुकुम । सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।
आफन्तको निवेदनपछि शिक्षक गिरीको प्रहरी तथा स्थानीयले खोजी गरिरहेका थिए। मंगलबार बिहान सोही वडाको तुसारे भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
मंगलबार बिहान करिब १० बजेतिर स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा विशेष अनुसन्धान भइरहेको डिएसपी शाहीको भनाई छ।
शिक्षक गिरीको शव जिल्ला अस्पताल सल्यान खलंगामा पोष्टमार्टमपछि आफ्न्तलाई जिम्मा लगाइएको छ।
तपाईको प्रतिक्रिया