आलुबखडा खानुका फाइदाहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आलुबखडा खानुका फाइदाहरु

Share

 

नारीकोसिस डटकम/वैशाख १७, काठमाडौं । आलुबखडा एक गुणकारी फल हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै अमिलो हुन्छ । यो मिनरल्स, भिटामिन र फाइबरले भरपुर हुन्छ ।आलुबखडा खानुका फाइदाहरु निम्न छन्:

१.आलुबखडा खाँदा तौल नियन्त्रणमा रहन्छ । सय ग्राम आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

२.यसमा भएको आइरनले रक्त कोसिकाको निर्माणमा मद्दत गर्छ ।

३.आँखाका लागि पनि निकै फाइदाजनक छ । यसमा भएको भिटामिनले आँखा र छालालाई निकै फाइदा पु¥याउँछ ।

४.रोग प्रतिरोधी क्षमतामा पनि बृद्धि हुन्छ ।

५.उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुन्छ । यसका साथै यसले अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

६.यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।

७.आलुबखडा खाँदा हड्डी बलियो हुन्छ ।

८.बोक्रासहित आलुबखडाको सेवनले क्यान्सर र ट्युमरको सेल्स बढ्न रोक्छ ।

 

तपाईको प्रतिक्रिया