श्रीमती हत्याको अभियोगमा जेल परेका श्रीमानद्धारा आत्महत्या

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
श्रीमती हत्याको अभियोगमा जेल परेका श्रीमानद्धारा आत्महत्या

Share

नारीकोसिस डटकम/वैशाख १७, दोलखा । दोलखा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत भेटीएका छन् ।

कर्तव्य ज्यान मुद्दामा सजाय व्यहोरिरहेका जिरी नगरपालिका ९ का ३८ बर्षीय तस्बिर तामाङ मंगलबार दिउँसो चरिकोट स्थित जिल्ला कारागारको शौचालयको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनले घाँटीमा ट्राउजरको ईजारको पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कार्तिकमा श्रीमतीको हत्या गरेको अभियोगमा उनी मंसिर देखि पुर्पक्षका लागि कारागारमा थुनामा थिए । सोमबार मात्र उनलाई जिल्ला अदालतले २५ बर्ष सजायको फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया