भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किइन् राष्ट्रपति

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किइन् राष्ट्रपति

Share

नारीकोसिस डटकम/वैशाख १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युडका’ कारण समस्या देखिएकोले एक दिन अगावै फर्किनु परेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया