धनुषामा प्रहरीको पेस्तोल लुटेर तस्कर फरार

नारीकोसिस डटकम/वैशाख १८, जनकपुरधाम धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा तस्करहरूको एक समूहले प्रहरीको पेस्तोल लुटेर फरार भएका छन् ।
बुधवार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेका हुन् ।
नेपालबाट भारत तर्फ अवैध रक्सी तस्करी गर्ने २५ जनाको समूहले आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
हाल घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ । पेस्तोल लुट्ने तस्करहरुको खोजी भइरहेको र छिट्टै तस्कर पक्राउ गर्ने उनले बताए ।
तस्करहरु ठूलो संख्यामा रहेकाले प्रहरी निरीक्षक साहलाई नियन्त्रणमा लिएर पेस्तोल लुटेको प्रहरी नायव उपरीक्षक महतोले जनाए ।



तपाईको प्रतिक्रिया