हावाहुरीका कारण बालाजुमा रुख ढल्दा गाडीमा क्षति

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हावाहुरीका कारण बालाजुमा रुख ढल्दा गाडीमा क्षति

Share

नारीकोसिस डटकम/वैशाख १९, काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ ।

प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी  पर्ने गर्दछ ।

हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको पजेरोको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया