किन अभिभावक र बच्चाको दुरी बढ्दैछ ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
किन अभिभावक र बच्चाको दुरी बढ्दैछ ?

Share

केही समयअघि रातो बंगलामा अध्ययनरत एक छात्राले भनेकी थिइन्, ‘मेरो घरमा पाहुना आउँदा बुवा(ममीले मलाई अलग्गै राख्नुहुन्थ्यो । कसैसँग चिनापर्ची गराइदिन हुन्नथ्यो । मदेखि उहाँहरु धेरै दिक्क मान्नुहुन्थ्यो ।’

बुवा(ममी दुबै जागिरे । घरमा दुबै नहुने । दाजु होस्टलमा । बाल्यकालदेखि नै उनी एक्लै हुर्किइन् । बुवा(ममीसँग नजिक बसेर खेल्ने, गफ गर्ने मौका पाइनन् । पछि उनमा समस्या देखियो । बुवा(ममीप्रति वितृष्ण जाग्न थाल्यो । बुवा(ममीलाई पनि छोरीको व्यवहार मन परेन । उनीहरुवीचको सम्बन्ध तित्ततापूर्ण रह्यो ।

पछि उक्त छात्राले योग(ध्यानको कक्षा लिइन् । उत्प्रेरणा जगाउने प्रवचन सुनिन् । विस्तारै उनले आफुलाई बदलिन् । योग प्रशिक्षक राम पाण्डे भन्छन्, ‘अहिलेका टिनएजर्स र आमाबुवाबीच यस्तो समस्या धेरै छ ।’

किन बढ्छ दुरी रु

खासगरी आठरदश बर्षको उमेरसम्म बच्चाहरु आमाबुवासँग झ्याम्मिने गर्छन् । आफ्नो आमाबुवा नै उनीहरुका निम्ति सबैथोक लाग्छ । सबैभन्दा जान्ने, सबैभन्दा बुझ्ने, सबैभन्दा राम्रो आफ्नो आमाबुवा लाग्छ ।

तर, उमेर बढ्दै गएपछि बिस्तारै आमाबुवासँग उनीहरुको दुरी बढ्छ । किशोरवयमा पुगेपछि छोराछोरीको रेखदेख गर्न छाड्छन् । उनीहरुले पनि आफ्नो सानोतिनो काम आफै गर्छन् । विद्यालयमा, टोलमा उनीहरुले आफ्ना उमेरका साथी बनाउँछन् । साथीहरुसँगको संगत बढ्दै गएपछि आमाबुवासँग उनीहरुको दुरी बढ्दै जान्छ ।

अहिले शहरिय परिवेशमा आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई समय पुग्दैन । बिहान बेलुकी मात्र घर आइपुग्ने भएकाले बच्चासँग पर्याप्त समय दिन सक्दैनन् । त्यसो त कामकाजी दम्पतीले बच्चालाई सानै उमेरदेखि प्ले गु्रप वा डे केयर सेन्टरमा छाड्ने गर्छन् । पछि होस्टलमा राख्छन् । यसले बुवाअमा र बच्चाको दुरी बढ्छ ।

अनलाइन खबरबाट साभार गरिएको

तपाईको प्रतिक्रिया