गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला

नारीकोसिस डटकम/वैशाख १९, काठमाडौँ । काठमाडौँको गौशाला नजिकै मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको गौशाला प्रहरीले जनाएको छ।
खोटाङ घर भइ बौद्ध बस्दै आएका अन्दाजी ४० वर्षीय आङ दावा शेर्पाको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
तपाईको प्रतिक्रिया