प्रहरीको खोसिएको पेस्तोल अझै भेटिएन

नारीकोसिस डटकम/वैशाख १९, जनकपुर । धनुषाको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनिया स्थित नाकामा नेपालबाट भारततर्फ अवैधरुपमा रक्सी लगिरहेको तस्करको समूह र प्रहरीबीच बुधबार बिहान झडप भएको थियो । सोही क्रममा तस्करले एक प्रहरीको पेस्तोल समेत लुटेर लगेको बताइएको छ ।
तस्करले एक प्रहरीको पेस्तोल र गोली खोसेर भागेपछि अहिलेसम्म पनि सो क्षेत्रको अवस्था तनाव छ ।
तस्करहरुले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमारसाहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली म्यागेजिन समेत लुटेर भागेपछि अवस्था तनावपूर्ण बनेको हो ।
भारततर्फ अवैध मदिरा लैजान रोक्दा तस्करले प्रहरीमाथि आक्रमण गरेको बताउदैँ प्रवक्ता कार्कीले यसबारे सत्यतथ्य बुझ्न डिएसपी ज्ञान कुमार महतो नेतृत्वको टोली घटनास्थलमा पठाइएको बताए ।
तपाईको प्रतिक्रिया