भक्तपुरबाट चितुवाको छाला र भालुको पित्तसहित ५ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भक्तपुरबाट चितुवाको छाला र भालुको पित्तसहित ५ जना पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख १९, काठमाडौं । प्रहरीले चितुवाको छाला र भालुको पित्तसहित ५ जनालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, आखेलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्नबहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक चोकबाट शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गरी बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट २ थान छाला र भालुको पित्त बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया