भीमदत्तनगरमा विप्लवको शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भीमदत्तनगरमा विप्लवको शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख १९, भीमदत्तनगर । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया