नवलपुरमा हावाहुरी र वर्षाको त्रासले विद्यालय बन्द

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवलपुरमा हावाहुरी र वर्षाको त्रासले विद्यालय बन्द

Share

नारीकोसिस डटकम/वैशाख २०, नवलपरासी । हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

कावासोती लगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ ।

हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जानकारी दिए ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया