डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु

नारीकोसिस डटकम/वैशाख २०, डडेल्धुरा । करेन्ट लागेर डडेल्धुरामा एक किशोरको ज्यान गएको छ ।
अमरगढी १ दह भेटाका १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर ज्यान गएको हो ।
बोकेको काँचो काठ बिजुलीको तारमा छुदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
पीडित पक्षले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति बनेको छ ।
तपाईको प्रतिक्रिया