सिरहाबाट पेस्तोलसहित एक भारतीय युवक पक्राउ

नारीकोसिस डटकम/वैशाख २०, सिरहा । हतियारसहित प्रहरीले एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ ।
प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया