बौद्धमा बीच सडकमै बस पल्टियो १८ जना घाइते

नारीकोसिस डटकम/वैशाख २०, काठमाडौं । शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्ध टुसालमा दुर्घटना भएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
तपाईको प्रतिक्रिया