हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन गृहको आग्रह

नारीकोसिस डटकम/वैशाख २०, काठमाडौँ । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृह मन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ ।
हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । त्यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ । त्यस्तै गृहले हिमाली भेगमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया