हिमाली क्षेत्रको विमानस्थल बन्द, विरामी अलपत्र

नारीकोसिस डटकम/वैशाख २०, सोलुखुम्बु । समुन्द्री चक्रवात ‘फानी’को प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावनाको पुर्वानुमान गरिएपछि जिल्लाका अतिव्यस्त तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द गरिएको छ ।
राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर र जहाज नउडाउन अनुरोध गरेपछि विश्वकै १० जोखिम मध्येको एक विमानस्थल तेन्जिङ हिलारी विमानस्थल बन्द गरिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए ।
उनले भने, ‘मध्यान्न १२ बजेसम्म उडान गरिएको थियो। आजको उडानमध्ये करिब ६० प्रतिशत सकिएको छ ।’ भोलि उडान गर्ने नगर्ने विषय मौसममा भरपर्ने अधिकारीले बताए।
। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।
तपाईको प्रतिक्रिया