मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

नारीकोसिस डटकम/वैशाख २०, मकवानपुर । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी देउराली गाउँपालिकामा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मनहरीमा चट्याङ लागेर बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
तपाईको प्रतिक्रिया