इलाममा लागूऔषधमा संलग्न १७ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
इलाममा लागूऔषधमा संलग्न १७ जना पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख २२, इलाम । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खोजी गर्दा जिल्लामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका १० का २० वर्षे विशाल गुरुङ, सन्दकपुर गाउँपालिका ५ का २० वर्षे विक्रम गुरुङ, इलाम नगरपालिका ७ का ३२ वर्षे सृजन देवान, देउमाई नगरपालिका २ का २४ वर्षे सुभाष लिम्बू, पाँचथरको फिदिम नगरपालिका ४ का २२ वर्षे सुभाष लिम्बू र सप्तरीको खडक नगरपालिका १ घर भइ इलामको सूर्योदय नगरपालिका १० का २४ वर्षे दीपेन मल्लिक छन्।

प्रहरीका अनुसार इलाम नगरपालिकाका विभिन्न स्थानमा खोजी गर्दा लागूऔषध प्रयोगकर्ता ११ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया